
काठमाडौं । यसै सिजन इण्डोनेसियामा पेर्सिक केडिरी एफसीलाई नयाँ गन्तव्य बनाएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले सिजनको पहिलो आधिकारिक हार बेहोरेका छन् ।
प्रतिष्ठित इण्डोनेसिया प्रेसिडेन्ट कपको समुह चरणमा प्रतिस्पर्धा गरिरहेको पेर्सिकले बुधबार डिफेन्डिङ च्याम्पियन एरेमा एफसीसँग १–० को साँघुरो हार बेहोरेको हो ।
प्रतियोगिता अन्तरगत समूह डी मा रहेको पेर्सिकको यो पहिलो हार समेत हो । आफ्नो पहिलो खेलमा पेर्सिकाबोलाई १–० ले हराएको पेर्सिकले त्यो जितको लयलाई निरन्तरता दिन सकेन ।
पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा रहेका रोहितले बुधबार भने पहिलो रोजाई मै मैदानमा उत्रिएका थिए । तर टोलीलाई जित दिलाउन भने सकेनन् ।
पेर्सिकले समूह चरणको अन्तिम खेल आउँदो आइतबार पिएसएमसँग खेल्नेछ । बुधबार नै भएको अर्को खेलमा पेर्सिकाबोले पिएसएमलाई १–० ले हरायो । स्मरण रहोस, पिएसएमले आफ्नो पहिलो खेलमा एरेमालाई १–० ले हराएको थियो ।
समूह डी मा रहेका चारै टोलीको समान ३–३ अंक रहेकाले नकआउट चरणमा पुग्ने चारै टोलीको सम्भावना कायम छ । साथै आइतबारको खेलपछि नै समूह डी बाट नकआउट चरणमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
Terima Kasih telah berjuang ! 💜
— Persik Kediri (@persikfckediri) June 15, 2022
Full Time
Persik Kediri 0-1 Arema FC#Djajati#PersikKediri pic.twitter.com/vDH1sG8tIV