News
कुवेतमाथि इण्डोनेसियाको सनसनी

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको इण्डोनेसियाले तुलनात्मक रुपमा आफुभन्दा बलियो टोली आयोजक कुवेतलाई हराएको छ ।
कुवेत सिटीमा सम्पन्न पहिलो खेलमा इण्डोनेसियाले कुवेतलाई २–१ ले हराएको हो । खेलमा शुरुवाती अग्रता कुवेतले लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ४१औं मिनटमा युसेफ नासेरको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।
तर त्यसको चार मिनट लगतै इण्डोनेसियाका लागि मार्क क्लोकले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यस्तै ४६औं मिनटमा रचमत इरियान्टोले दोस्रो गोल थप्दै इण्डोनेसियाको सनसनीपूर्ण जित पक्का गरे ।
इण्डोनेसियाले समूह चरणको अन्तिम खेलका रुपमा १४ जुनका दिन नेपालसँग खेल्ने कार्यक्रम छ । उता कुवेतले भने शनिबार नेपालको सामना गर्नेछ ।
Post Comments
Related News
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट