
काठमाडौं (एजेन्सी) । बुधबारदेखि शुरु एएफसी एसियन कप छनौटतर्फ दुई दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र बंगलादेशले हारबाट छनौट प्रतियोगिताको शुरुवात गरेका छन् ।
समूह सी मा रहेको माल्दिभ्सले आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको हो । उज्वेकिस्तानमा भईरहेको समूह सी तर्फ माल्दिभ्सले आफ्नो दोस्रो खेल शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । त्यस्तै समूह सी मै रहेको अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंकाले बुधबार नै उज्वेकिस्तानसँग खेल्ने कार्यक्रम पनि छ ।
त्यस्तै समूह ई मा रहेको बंगलादेशले आफ्नो पहिलो खेलमा बहराईनसँग २–० को हार बेहोरेको छ । बंगलादेश समूह ई को आयोजक राष्ट्र समेत हो । समूह ई मा बहराईन र बंगलादेश बाहेक तुर्कमेनिस्तान र मलेसिया पनि रहेका छन् । बंगलादेशले आफ्नो आगामी खेल शनिबार तुर्कमेनिस्तानसँग खेल्नेछ ।
त्यस्तै समूह डी मा रहेको अफगानिस्तानले हङकङसँग २–१ को हार बेहोरेको छ । सो समूहमा यी दुई टोली बाहेक आयोजक भारत र कम्बोडिया रहेका छन् । भारतले बुधबार नै हुने अर्को खेलमा कम्बोडियासँग खेल्ने कार्यक्रम छ ।
नेपालले जोर्डनसँग खेल्दै
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले भने बुधबार अबेर राती १ बजे बलियो जोर्डनसँग खेल्ने कार्यक्रम छ । समूह ए मा नेपाल र जोर्डनसँगै आयोजक कुवेत र इण्डोनेसिया रहेका छन् ।
(तस्विरः बंगलादेश एफए)
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट