News
प्रदेश १ र बाग्मतीलाई फुटसल उपाधि
काठमाडौं । प्रदेश १ र बाग्मती प्रदेशले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्रदेश १ पुरुष तथा बाग्मती महिलामा च्याम्पियन बने ।
राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश १ ले बाग्मतीलाई २–१ गोलले पराजित गरे ।
हाँडीगाउँस्थित धन्यनतरीमा भएको महिलाको उपाधि भिडन्तमा बाग्मतीले प्रदेश १ लाई २–० गोलले हरायो । दुवै समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृतद्वय सारङगिन् निरौला र ओमनाथ न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि