
काठमाडौं । पहिलोपटक प्रतिष्ठित एएफसी कप खेलिरहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको माल्दिभियन टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले समूह चरणमा महत्वपूर्ण जित हात पारेको छ ।
समूह डी तर्फ आफ्नो पहिलो खेलमा बंगलादेशी क्लब बसुन्धरा किंग्ससँग १–० ले निराश बनेको माजियाले शनिबार समूह चरणको दोस्रो खेलमा गोकुलम केरला एफसीमाथि १–० को महत्वपूर्ण जित निकालेको हो ।
कोलकातामा सम्पन्न खेलमा माजियाका लागि दोस्रो हाफको ५०औं मिनटमा कर्नेलस स्टिवार्टले गरेको एक मात्र गोल माजियालाई अहम तीन अंक दिलाउन निर्णायक बन्यो ।
यो नतिजासँगै समूह डी मा रहेका चारै टोलीको समान ३–३ अंक भएको छ । शनिबार नै भएको अर्को खेलमा मोहन बगानले बसुन्धरा किंग्सलाई ४–० ले हराएको थियो । त्यस्तै समूह चरणको पहिलो खेलमा गोकुलम केरलाले मोहन बगानमाथि ४–२ को जित निकालेको थियो ।
समूह चरणको अन्तिम खेल अब मंगलबार हुनेछ । जहाँ माजियाले एटिके मोहन बगानको सामना गर्नेछ भने सोही दिन बसुन्धरा किंग्स र गोकुलम केरला पनि आमने सामने हुनेछन् । सोही दिन समूह डी बाट इन्टर जोन प्ले अफ सेमिफाइनल्समा पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध