
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरी र बन्द प्रशिक्षण छाडेका दश खेलाडीहरुबीचको विवाद छानविन गर्न गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
भिक्टर राणाको संयोजकत्वमा गठिन छानविन समितिले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो छानविन प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा खेलाडीसँगै प्रशिक्षकको पनि गल्ती रहेको उल्लेख गरिएको छ ।
त्यति मात्र नभएर एएफसी एसियन कप छनौटपछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोजिने बताइएको छ । मुख्य प्रशिक्षकको काम खेलाडी छनौट, प्रशिक्षण र मुल्यांकन गर्ने रहे तापनि प्रशिक्षकले अन्य व्यवस्थापन पक्षमा हस्तक्षेप गर्ने कार्यलाई सच्याउनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एकैपटक ९ जनाको संख्यामा सिनियर खेलाडीहरुले बन्द प्रशिक्षण छाड्नुमा मुख्य प्रशिक्षक, व्यवस्थापन र एन्फा सचिवालयको पनि निश्चित केही गल्ती रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा खेलाडीहरुले बन्द प्रशिक्षण छाडेर भागेको कुरालाई छानविन समितिले सत्य नभएको बताएको छ । मुख्य प्रशिक्षकले पटक–पटक क्याम्प छाड्न भनेपछि खेलाडीहरुले बाध्य भएर बन्द प्रशिक्षण छाडेको प्रतिवेदनमा लेखिएको छ ।
त्यस्तै मुख्य प्रशिक्षक र व्यवस्थापकले सो विवादको समाधान खोज्न खेलाडीहरुसँग फोन र म्यासेजमार्फत सम्पर्क गर्दा खेलाडीहरुबाट कुनै प्रतिक्रिया नआएको पनि उल्लेख छ ।
एन्फाबाट समस्या समाधान गर्ने प्रयास र विकल्प हुँदाहुँदै खेलाडीहरुले पत्रकार सम्मेलन गर्नु पनि गलत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । खेलाडीहरुको त्यस्ता कार्यलाई ‘अनुशासनहिन र गैरजिम्मेवारीपूर्ण’ भनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्मरण रहोस, बन्द प्रशिक्षण छाडेका रोहित चन्द, बिमल घर्ती, अनन्त तामाङ, अन्जन बिष्ट, तेज तामाङ, बिशाल श्रेष्ठ जस्ता सिनियर दश खेलाडीहरु शुक्रबार घोषणा गरिएको राष्ट्रिय फुटबल टोलीको फाइनल स्क्वाडमा परेका छैनन् ।
हेर्नुहोस छानविन समितिले बुझाएको पूरा प्रतिवेदनः