
पोखरा । प्रथम गुप्तेश्वर महादेव कप नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि सत्य युवा क्लब (बी–१३) ले जितेको छ । तिबेतन ताशिलिङ क्याम्प मैदानमा भएको फाइनल भिडन्तमा बी–१३ ले प्रफिट्स एण्ड कफी टाईमलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
बी–१३ को जितमा मदन गुरुङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता गुरुङ फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए । बी–१३ कै सन्दिप गुरुङ सर्वोत्कृष्ट खेलाडी चुनिए र पुरस्कार वापत एक थाईन बाइसाईकल हात पारे । सन्दिपले सर्वाधिक गोलकर्ताको पुरस्कार पति आफ्नो पोल्टामा पारे ।
बी–१३ कै अन्जन शाही ठकुरी उत्कृष्ट गोलरक्षक चुनिए भने उपविजेता प्रफिट्सका सनी गुरुङ उत्कृष्ट डिफेन्डर बने । आयोजक डेभिजफल क्लबका अशोक खत्रीले उदीयमान खेलाडीको पुरस्कार हात पार्दा छोरेपाटन क्लब प्रतियोगिता कै फेयर प्ले टिम बन्यो ।
डेभिजफ क्लबको आयोजना र गुप्तेश्वर महादेव व्यवस्थापन समितिको मूख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको विजेता बी–१३ ले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता प्रफिट्सले नगद ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने