भक्तपुर । महेन्द्र बहुमुखी क्याम्पस, धरान र सैनिक आवासीय महाविद्यालय, भक्तपुर जारी टियु बीबीए कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको पहिलो सेमिफाइनलमा महेन्द्र बहुमुखी क्याम्पसले शंकरदेव क्याम्पसलाई ३–२ ले हरायो । महेन्द्र बहुमुखीको जितमा खवाङ राई, सुदिप गुरुङ र पेमा तामाङले गोल गरे ।
उता पराजित शंकरदेवका लागि भने कुमार अधिकारी र सरोज कार्कीले गोल गरेका थिए । खेलमा महेन्द्र बहुमुखी क्याम्पसका खवाङ राई म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालयले नेपाल कमर्स क्याम्पस लाई १–० को झिनो अन्तरले हरायो । सैनिक आवासीयका लागि बिजय घलेले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता घले नै खेलको म्यान अफ द म्याच घोषित भए ।
भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल भने यहि पौष २८ गते सोमबारका दिन महेन्द्र बहुमुखी क्याम्पस र सैनिक आवासीय महा विद्यालय बीच हुनेछ । प्रतियोगिताको रोचक पक्ष त, यस वर्ष विजेता बन्ने टोलीले आगामी प्रतियोगिता आयोजना गर्ने अवसर पनि प्राप्त गर्नेछ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि