
ऐतिहासिक आठराई मदन मेलामा आयोजित मदन मेमोरियल फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा पुरुषतर्फ खाम्लालुङ, झापा र ह्वाकु विजयी भए ।
त्रि-मोहन माविको खेलमैदानमा आयोजित पहिलो खेलमा गिरी समाज खाम्लालुङले नवदीप युथ क्लब चुहानडाँडालाई ५-१ गोलअन्तरमा पराजित गर्यो । खाम्लालुङका लागि कप्तान सन्तोष लिम्बूले ह्याट्रिक पूरा गरे भने किरण नेपालीले थप २ गोल गरे । यस्तै, ह्वाकुका तर्फबाट अभिषेक लिम्बूले मात्र गोल गर्न सफल भए ।
दोस्रो खेलमा झापाको जामुनखाडी स्पोर्टिङ क्लबले खेलकुद विकास समिति छातेढुंगामाथि २-० गोलको जित दर्ता गर्यो । जामुनखाडीका लागि रोशन बर्देवा र दिपेन भुजेलले गोल गरेर टिमलाई जिताए ।
तेस्रो खेलमा ह्वाकुको प्रगतिशील तमु युवा समूह विजयी भयो । उसले नामजाङ थोक्लुङलाई ३-० गोलअन्तरले पराजित गर्यो । ह्वाकुका लागि कप्तान ताङसाङ इङनामले २ र घनिन्द्र तामाङले एक गोल गरे । यस्तै, एउटा टोली अनुपस्थित भएपछि जिरीको टोली सोझै वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको छ ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने