काठमाडौं । स्वस्तिश्री गुरुकुल स्कुलले न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा भएको फाइनलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि पेनाल्टीमा स्वस्तिश्रीले बाजी मारेको हो । च्याम्पियन बनेसँगै स्वस्तिश्रीले आकर्षक शिल्ड र मेडल प्राप्त गरेको छ । दोस्रो भएको माउन्ट ग्लोरीले पनि शिल्ड र मेडल प्राप्त गर्यो ।
सेक्रेट हार्टलाई पराजित गर्दै सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) तेस्रो भयो । स्वच्छ प्रतिस्पर्धाका लागि भएका कारण सुरुवाती संस्करणमा पुरस्कार नराखिएको आयोजक न्यु एरा एकेडेमीका प्रिन्सिपल राजेश रायमाझीले बताए । सेक्रेट हार्टका सन्तोष मोक्तान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रगति बोर्डिङ स्कुलका अर्भिन लम्साल उदियमान खेलाडी चुनिए ।
च्याम्पियन स्वस्तिश्री गुरुकुलका विदुङ श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उनले फाइनलमा पेनाल्टी बचाएका थिए । उनीहरुले ट्रफी प्राप्त गरे । कविद्या संस्कार स्कुलले प्रतियोगिताको फेयर प्लेको ट्रफी जित्न सफल भयो ।
प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई न्यु एरा एकेडेमीका अध्यक्ष राजकुमार कुँवर, हिमरश्मीका लोकेन्द्र बहादुर खड्का, एन्जल्स हार्टका प्रिन्सिपल धन बहादुर पुन, स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन, बात्सल्य किन्नरा स्कुलका प्रिन्सिपल निर्मला सिलवाल र न्युर एराका प्रिन्सिपल राजेश रायमाझीलगायतले पुरस्कृत गरे ।
तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा २५ फागुनबाट शुरु भएको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो । पहिलो र दोस्रो लिन लिग चरणका तथा अन्तिम दिन प्रि–क्वाटरदेखि फाइनलसम्मको खेल भएको थियो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि