कञ्चन । फराकिलो जित निकाल्दै कपिलवस्तु–११ यहाँ जारी कञ्चन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सैनामैना खेलकुद विकास समिति, रुपन्देहीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै कपिलवस्तु उपाधि नजिक पुगेको हो ।
कञ्चन गाउँपालिका ४, दियो बजार स्थित स्थानीय खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि सन्जु सेनले ह्याट्रिक गरे । त्यस्तै अरुण थारुले दुई गोल गरे भने सन्दिप चौधरीले एक गोल गरेका थिए । उता पराजित सैनामैनाका लागि समिर श्रेष्ठले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
खेलमा कपिलवस्तुका ह्याट्रिककर्ता सन्जु सेन म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ११ सय र ट्रफी हात पारे । कपिलवस्तुले अब फाइनलमा फागुन २१ गते शनिबार डिएमसी, तुल्सीपुरसँग खेल्ने प्रचार प्रसार संयोजक टिका थापा मगरले जानकारी दिए ।
हिमालयन सामुदायिक विकास केन्द्र, कञ्चन ४, दियोबजारको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने