काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्टले यसै वर्ष हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अक्शनका लागि कुल २४२ खेलाडीहरुलाई सूचीकृत गरेको छ ।
सूचीमा परेका खेलाडीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । ए क्याटगोरीमा कुल ४० खेलाडीहरु छन् । त्यस्तै बी र सी मा समान १०१–१०१ खेलाडीहरु सूचीकृत छन् ।
यसपटक एक क्लबले बढीमा २३ खेलाडीहरुलाई खरिद गर्न सक्नेछ । यसअघि पहिलो संस्करणमा यो २० खेलाडीमा सिमित थियो । त्यस्तै विदेशी खेलाडीहरुको हकमा एक क्लबले कुल ५ खेलाडीहरुलाई किन्न सक्ने छन् । यसअघि एउटा क्लबको कोटामा ३ विदेशी खेलाडी किन्न पाउने नियम थियो ।
लिगमा सहभागि हुने कुल १० क्लबहरुले बिहीबारसम्म आ–आफ्नो मार्की खेलाडी चयन गर्नुपर्नेछ । खेलाडीहरुको निलामी यहि शुक्रबार हुँदैछ । स्मरण रहोस, नेपाल सुपर लिग अर्को महिनाको अन्तिमतिर शुरु हुने तय भइसकेको छ ।
हेर्नुहोस वर्गीकरणमा परेका खेलाडीहरुको सूचीः










- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न