
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा प्रशिक्षक हरि खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार विरुद्धको मुद्दा दायर गरेको छ ।
नेपाली फुटबलमा सफलतम स्ट्राईकरको छवि बनाएका खड्का विरुद्ध अख्तियारले नक्कली प्रमाणपत्रको मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार खड्काले आफ्नो शैीक्षक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर खाएको आरोपमा उनी विरुद्ध मुद्दा दायर गरिएको हो ।
खड्काले वि.सं. २०५५ सालमा माध्यमिक शिक्षा परिषद्, वाराणसीबाट प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा जागिर खाएको अख्त्यिारले जनाएको छ । त्यसको चार वर्षपछि वि.सं. २०५९ मा उनी प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए ।
तयसपछि नेपाल पुलिस क्लब कै प्रशिक्षक समेत बनेका खड्काले पछिल्लो समय राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी समेत सम्हालेका थिए ।
यो मामिलामा खड्का दोषी पाइए उनलाई अख्तियारको भ्रष्टाचार निवारण ऐन अनुसार ६ महिनादेखि १ बर्षसम्म केद र आर्थिक जरिवाना समेत हुने बताइएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै