News
इण्डोनेसियाको पोष्टमा अष्ट्रेलियाको १८ गोल

काठमाडौं । जारी एएफसी महिला एसियन कपमा उपाधिको दावेदार मध्ये एक र गत संस्करणको उपविजेता अष्ट्रेलियाले आफ्नो पहिलो खेलमै फराकिलो जित हात पारेको छ ।
मुम्बई एरिनामा भएको समूह बी तर्फको पहिलो खेलमा अष्ट्रेलियाले इण्डोनेसिया माथि १८–० को भारी अन्तरको जित दर्ता गरेको हो । अष्ट्रेलियन टोलीका लागि स्टार फरवार्ड साम केर एक्लैले ५ गोल गरिन् । त्यस्तै इमिली इग्मोन्डले ४ गोल गरिन् भने हेली रासो, इली कारपेन्टर र क्याह सिमोनले समान २–२ गोलको योगदान दिए ।
त्यसैगरी क्याटलिन फुर्ड, मेरी फोवलर र एवी लुकले विजयी टोलीका लागि थप १–१ गोल गरे । अष्ट्रेलियाले आफ्नो आगामी खेल २४ जनवरीका दिन फिलिपिन्ससँग खेल्नेछ भने सोही दिन इण्डोनेसियाले थाइल्याण्डको सामना गर्नेछ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध