
पोखरा । मोफसलको प्रतिष्ठित र पुरानो मध्ये एक आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको २०औं संस्करण बिहीबारदेखि शुरु भएको छ ।
पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले विजयी शुरुवात गर्यो । विजयी शुरुवात गर्ने क्रममा एपिएफले घरेलु टोली आयोजक सहारा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो ।
एपिएफका लागि पहिलो हाफको १९औं मिनटमा आवाश लामिछानेले पहिलो गोल गरे भने ७७औं मिनटमा प्रदिप लामाले दोस्रो गोल गरेका थिए ।
खेलमा एपिएफका नविन लामा म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ८ हजारसहित ट्रफी हात पारे । यो जितसँगै एपिएफ प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत माघ ७ गते शुक्रबारको खेल हिमालयन शेर्पा क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।
सहारा क्लब, पोखराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १५ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड