सालझण्डी । फुटबल खेलसँगै खेलाउने निर्णायक (रेफ्री) हरुको भूमिका पनि अहम हुने कुरालाई ध्यानमा राख्दै रुपन्देहीमा चार दिने फुटबल रेफ्री प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
सैनामैना खेलकुद विकास समिति, रुपन्देहीको आयोजना तथा विश्व शान्ति युवा क्लब, सालझण्डीको संयोजनमा भएको प्रशिक्षणमा कुल २५ प्रशिक्षार्थीहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक रेजिन श्रेष्ठले जानकारी दिए ।
फुटबल खेलाउँदा रेफ्रीको भूमिका मैदानमा निकै महत्वपूर्ण हुने भएकाले रेफ्रीबारे आवश्यक आधारभुत ज्ञान र जानकारी लिन चाहने इच्छुकहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको संयोजक श्रेष्ठले बताए । संयोजक श्रेष्ठले रेफ्री प्रशिक्षण तालिम लिएका सहभागीहरुलाई पछि रेफ्री कोर्ष गर्दा निकै सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रशिक्षणमा सहभागिहरुलाई रुपन्देहीका अनुभवी फुटबल रेफ्रीहरु ज्ञान थापा, बिष्णु प्रसाद पौडेल, मुकेश थापाले प्रशिक्षण दिएका थिए । उनीहरुले सहभागिहरुलाई रेफ्रीहरुले गर्नुपर्ने प्राविधिक र शारीरिक प्रशिक्षण दिनुका साथै फुटबलको आधारभुतसँगै परिमार्जित नियमहरुबारे पनि जानकारी गराएका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष अमर लम्सालले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनहरुमा फुटबल मै निर्णायकका रुपमा केन्द्रित रहेर कुशल रेफ्री बन्न शुभकामना समेत दिएका थिए ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने