
काठमाडौं । यस सिजन आफ्नो प्रशिक्षकीय जिम्मेवारीमा संकटालाई राम्रो लयमा अगाडी बढाईरहेका पोखरेली प्रशिक्षक बिष्णु गुरुङले राष्ट्रिय फुटबल टोलीको दोस्रो सहायक प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
नेपाली फुटबल टोलीको प्रारम्भिक छनौटमा परेका खेलाडीहरुले मंगलबारदेखि बन्द प्रशिक्षण थालेका छन् । नेपालले यहि जनवरी २९ र फेब्रुअरी १ तारीखका दिन मौरिसससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रमका छ । सोही म्याचका लागि नेपाली टोलीले बन्द प्रशिक्षण पनि थालेको हो ।
टोलीको मुख्य प्रशिक्षकमा अब्दुला अल्मुतारी नै छन् । सहायक प्रशिक्षकमा किरन श्रेष्ठ छन् भने गोलरक्षक प्रशिक्षक बिकास मल्ल छन् । यहि प्रशिक्षकीय टिममा बिष्णु गुरुङले पनि जिम्मेवारी पाएका हुन् ।
यस सिजन ए डिभिजन लिगमा गुरुङकै प्रशिक्षकीय जिम्मेवारीमा संकटा क्लबले खेलेको ९ खेल मध्ये ३ मा जित, ५ मा बराबरी र एक खेलमा मात्र हार बेहोरेको छ । र १४ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा छ ।
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण