काठमाडौं । पछिल्लो समय अष्ट्रेलियामा रहेर उतै व्यवसायीक फुटबल समेत खेलि हाल त्रिभुवन आर्मी फुटबल क्लबका लागि ए डिभिजन लिग खेलिरहेका जगजित श्रेष्ठ पनि राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनौटमा परेका छन् ।
मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले जगजितसँगै च्यासल युथ क्लबका आशिष राईलाई पनि टोलीमा सामेल गरेका छन् । यसअघि प्रशिक्षक अल्मुतारीले ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरे तापनि पछि त्यसमा जगजित र आशिषलाई थपेका हुन् ।
जारी लिगमा जगजितले हाल आर्मीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यस्तै च्यासलले अपेक्षाकृत लिगमा राम्रो प्रदर्शन नगरे तापनि आशिषको प्रदर्शनबाट प्रभावित भई प्रशिक्षक अब्दुलाले उनलाई टालीमा समावेश गरेका हुन् ।
त्यस्तै चोटका कारण आर्मी कै अर्का महत्वपूर्ण मिडफिल्डर सन्तोष तामाङ भने टोलीमा पर्न असफल भएका छन् ।
मौरिसससँग खेल्दैछ
स्मरण रहोस, फिफाको इन्टरनेशनल विन्डोमा नेपालले अफ्रिकी देश मौरिसससँग दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी १ तारीखका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । त्यसकै लागि प्रशिक्षक अल्मुतारीले प्रारम्भिक टोली छनौट गरेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)