मोरङको सुनवर्षि नगरपालिकामा चौथो अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकप २०७८ अयोजना हुने भएको छ ।
फागुन ७ गतेदेखि सुरुहुने प्रतियोगीतामा नेपाल भारत र भुटानका १२ टिमको सहभागीता रहने १० गते शनिबार पत्रकार सम्मेलनको अयोजना गरि जानकारी गराईएको छ । प्रतीयोगीताको बिजेताले नगद ५ लाख ११ हजार र उपविजेताले २ लाख ५१ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने अयोजकले जनाएको छ ।
भेट्रान्स तर्फकै सर्वाधिक राशि भएको प्रतियोगीतलाई मोरङ जिल्ला खेलुकद संघ र एन्फाको तर्फबाट बिषेश सहयोग रहने पत्रकार सम्मेलनमा मोरङ खेलकुद संघका अध्यक्ष दिपेन्द धिमालले बताए ।
राष्ट्रिय र अन्तराष्ट्रियका चर्चित टिमसहित सञ्चालन हुने प्रतियोगीता अमरदह स्थित बिरेन्द« सार्वजनीक माविको खेलमैदानमा हुने छ । देश तथा विदेश र विभिन्न संघ सस्थाको सहयोग रहने प्रतियोगीतालाई सुनबर्षि नगरपालिकाले ८ लाख रुपैँया सहयोग गरेको ढल्केजोवन प्रतियोगीताका अध्यक्ष तथा सुनबर्षि नगरपलिका २ का वडा अध्यक्ष प्रताप तामाङले जानकारी गराए ।
प्रतियोगीताको अनुमानीत लागत ३० लाख रुपैँया रहने अयोजक कमिटले बताएको छ ।
सरोज निरौला
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा