पथरी स्पोर्टिङ क्लब दमक नगरपालीका वडा नं. ३ को आयोजनामा सुरु भएको प्रथम वडा अध्यक्ष कपको फाईनलमाप्रवेश गरेको छ ।
दमक नगरपालिका वडा नं. ३ को आयोजनामा सुरु भएको प्रतियोगितामा मंलबारे ११ लाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै पथरी स्पोर्टिङ फाईनल प्रबेश गरेको हो।
अतिरिक्त एक मिनेट थप गरिएको समयमा पथरी स्पोर्टिङका जर्सि नम्बर १९ का निरज परियार काउलील)े गरेको गोल नै निर्णायक बन्न पुग्यो । मंगलबारेले भने गोल गर्ने अवसर पाए पनि त्यसको उपयोग गर्न सकेन ।
आजको खेलको म्यानअफ दी म्याच र पहिलो गोल कर्ता बन्दै पथरी स्पोर्टिङका निरजले नगद ४ हजार प्राप्त गरेका छन् । भोलिको दोस्रो सेमिफाईनल खेल सामाजीक युथ क्ब काठमाण्डौ र अयोजक दमक वडा नम्बर ३ बिच हुनेछ् ।
दमक नगरपालिकाको सहयोगमा जारी प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रीय मदन भण्डारी रंगशालामा पैस ४ देखि ११ गते सम्म संचालन हुदैछ । ८ टिमको सहभागिता रहेको वडा अध्यक्ष कपको विजेताले नगद १ लाख ११ हजार सहित मेडल ट्रर्फी र प्रमाण पत्र प्रप्त गर्ने छ भने उपविजेता टोलीले नगद ५५ हजार प्रप्त गर्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधागत नगद पुरस्कार रहेको छ ।
सरोज निरौला
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा