बुटवल । यहाँ जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा शनिबार भएको एक मात्र खेलमा बुटवल युनाइटेडले लिस्नु युवा क्लबमाथि ४–१ को सहज जित निकालेको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न खेलमा बुटवल युनाइटेडका लागि बिमल बिकले दुई गोल गरे । त्यस्तै सनम गुरुङ र साजन परियारले थप एक–एक गोल गरेका थिए । उता पराजित लिस्नुका लागि निकेश गुरुङले पेनाल्टीबाट एक मात्र गोल फर्काएका थिए ।
खेलमा बुटवल युनाइटेडका लागि दुई गोल गरेका बिमल बिक म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ६ खेलबाट १३ अंक जोडेको बुटवल युनाइटेड दोस्रो स्थानमा उक्लेको छ । पराजित लिस्नु भने ५ अंकका साथ आठौं स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको गोर्खा ब्वाईज १३ अंकका साथ शिर्ष स्थानमा छ ।
कु्ल दश टोलीहरु सहभागि लिग राउण्ड रोबिनका आधारमा सञ्चालन भईरहेको छ । लिगतालिकाको शिर्ष स्थानमा रहने टोली लिग च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने