काठमाडौं । नेपालीज सोसल एण्ड स्पोर्टस ग्रुप, युएईको आयोजनामा यहि आउँदो डिसेम्बर २४ तारीखका दिन आप्रवासीहरु नेपाली बीच एक दिने विन्टर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
युएईको रस अल खाईमा स्थित बुरैरत फुटबल स्टेडियममा हुन गईरहेको प्रतियोगिताको तयारी पनि शुरु गरिसकेको प्रतियोगिता संयोजक भरत गौतमले बताए ।
संयोजक गौतमका अनुसार प्रतियोगितामा सहभागिताका लागि इच्छुक टोलीहरुलाई टिम दर्ता पनि खुला गरिएको बताए । साथै टिम दर्ता शुल्क ११ सय दिराम रहेको पनि उनले जानकारी दिए ।
प्रतियोगितामा कम्तीमा १६ टोलीहरुको सहभागिता रहने अनुमान गरिएको संयोजक गौतमले बताए । उनका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ सय दिराम हात पार्नेछ भने उपविजेताले ३३ सय दिराम प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक गौतमले जानकारी दिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने