News
दक्षिण कोरियामा हाइपर फन्ड बन्यो च्याम्पियन
काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरुबीच भएको प्रथम नेपाली क्लब फुटसल प्रतियोगिताको उपाधि हाइपर फन्ड एफसीले जितेको छ ।
दक्षिण कोरियाको छुङछन्बुक्दो उम्सङ मुगुक शहरमा भएको प्रतियोगिताको फाइनलमा हाइपर फन्डले मजोन एफसीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी विजेता टोलीका गणेश राई घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार निशान कार्कीले हात पारे ।
विजेता बनेको हाइपर फन्डले उपाधि सहित १५ लाख कोरियन वन हात पार्यो । त्यस्तै उपविजेता मजोन एफसीले ५ लाख कोरियन वनमा चित्त बुझाउन बाध्य भयो ।
वैदेशिक रोजगारका क्रममा हाल कोरियामा रहेका नेपालीहरुबीच आत्मियता र भाइचारा कायम गर्ने उद्देश्यले हिमालयन फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने