News
रारा र साँगुरीगढी उपाधिका लागि भिड्ने
पाख्रीबास। प्रथम पाख्रीबास कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रारा एफसी र साँगुरीगढी एफसी उपाधिका लागि भिड्ने भएका छन् ।
पाख्रीबास नगरपालिका–४ स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा रारा एफसीले खाल्चा छिन्ताङलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा साँगुरीगढीले आयोजक युथ युनाइटेडलाई समान १–० को गोल अन्तरले हराउँदै रारा एफसीसँगको फाइनल भेट पक्का गर्यो । फाइनल खेल कार्तिक १३ गते शनिबार हुने आयोजकले जनाएको छ ।
युथ युनाइटेड परिवार, पाख्रीबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा