
काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौट अन्तरगत दुई दक्षिण एसियाली राष्ट्र बंगलादेश र भारतले आ–आफ्नो खेलमा हार बेहोरेका छन् ।
छनौट प्रतियोगिता अन्तरगत समूह डी मा रहेको बंगलादेशले आफ्नो पहिलो खेलमा बुधबार कुवेतसँग १–० को साँघुरो अन्तरले हार बेहोरेको हो । सोही समूहमा रहेको उज्वेकिस्तान र साउदी अरबले २–२ गोलको बराबरी खेले । बंगलादेशले आफ्नो दोस्रो खेल उज्वेकिस्तानसँग ३० अक्टुबरका दिन खेल्नेछ ।
भारतलाई झट्का
त्यस्तै समूह ई मा रहेको भारतले आफ्नो पहिलो खेलमा ओमानलाई हराएर सनसनी मच्याए तापनि दोस्रो खेलमा बुधबार आयोजक युएईसँग १–० ले निराश बन्न पुग्यो । हारले भारतलाई फाइनल चरणमा स्थान बनाउन संघर्ष गर्नुपर्ने देखिएको छ ।
समूह ई कै अर्को खेलमा ओमानले किर्गिस्तानलाई समान १–० ले हराएपछि समूह ई मा सबै टोलीका लागि अन्तिम चरणमा पुग्ने अवसर खुला भएको हो ।
बुधबारको नतिजापछि चारै टोलीको ३–३ अंक भएको छ । अब भारतले समूह चरणको आफ्नो अन्तिम खेलमा ३० अक्टुबरका दिन किर्गिस्तानसँग खेल्नेछ भने सोही दिन ओमान र युएई पनि भिड्ने छन् । साथै समूह ई मा चारै टोलीको भाग्य अक्टुबर ३० तारीखको खेलमा निर्भर रहने पक्का छ ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट