News
ताजिकिस्तानले लेबनानलाई हरायो
काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको आयोजक ताजिकिस्तानले पनि जितका साथ छनोेट प्रतियोगिताको शुरुवात गरेको छ ।
सोमबार राती सम्पन्न समूह बी को दोस्रो खेलमा ताजिकिस्तानले लेबनानमाथि १–० जित निकाल्यो । पामिर स्टेडियममा भएको खेलको ८७औं मिनटमा वहदत होनोनोवले एक मात्र निर्णायक गोल गरे ।
ताजिकिस्तानले आफ्नो दोस्रो खेल बिहीबार (अक्टुबर २८) का दिन नेपालसँग खेल्दैछ । स्मरण रहोस, नेपालले समूह बी तर्फकै पहिलो खेलमा इरानसँग ४–० को हार बेहोरेको थियो । त्यस्तै ताजिकिस्तानसँग हारेको लेबनानले पनि बिहीबार नै इरानसँग खेल्ने कार्यक्रम छ ।
समूहको शिर्ष एक टोली आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ भने उत्कृष्ट दोसे स्थान हासिल गर्ने टोलीको पनि छनौट हुने सम्भावना रहनेछ ।


Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट