News
ताजिकिस्तानले लेबनानलाई हरायो

काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको आयोजक ताजिकिस्तानले पनि जितका साथ छनोेट प्रतियोगिताको शुरुवात गरेको छ ।
सोमबार राती सम्पन्न समूह बी को दोस्रो खेलमा ताजिकिस्तानले लेबनानमाथि १–० जित निकाल्यो । पामिर स्टेडियममा भएको खेलको ८७औं मिनटमा वहदत होनोनोवले एक मात्र निर्णायक गोल गरे ।
ताजिकिस्तानले आफ्नो दोस्रो खेल बिहीबार (अक्टुबर २८) का दिन नेपालसँग खेल्दैछ । स्मरण रहोस, नेपालले समूह बी तर्फकै पहिलो खेलमा इरानसँग ४–० को हार बेहोरेको थियो । त्यस्तै ताजिकिस्तानसँग हारेको लेबनानले पनि बिहीबार नै इरानसँग खेल्ने कार्यक्रम छ ।
समूहको शिर्ष एक टोली आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ भने उत्कृष्ट दोसे स्थान हासिल गर्ने टोलीको पनि छनौट हुने सम्भावना रहनेछ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध