News
यु–२३ एसियन कप छनौटः नेपाल पहिलो खेलमै निराश
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट खेल्न ताजिकिस्तानमा रहेको नेपाली यु–२३ फुटबल टोलीले हारसँगै प्रतियोगिताको शुरुवात गरेको छ ।
समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार एसियन पावर हाउस इरानसँग ४–० को हार बेहोरेको हो । दुशान्बे स्थित पामिर स्टेडियममा सम्पन्न खेलमा नेपालले इरानलाई पहिलो हाफसम्म बराबरीमा रोके तापनि दोस्रो हाफमा चार गोल खान पुगेको थियो ।
छनौट प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल बिहीबार (अक्टुबर २८ तारीख) का दिन आयोजक ताजिकिस्तानसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल अक्टुबर ३१ तारीखका दिन लेबनानसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट