बागमती । काठमाडौंमा हुन गईरहेको राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा सहभागिता जनाउने बागमती नगरपालिका, सर्लाहीको महिला फुटबल टोलीलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
टोलीलाई बागमती नगर खेलकुद विकास समितिका संयोजक दिपक लामा, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य बिनय राई तथा बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनाली लगायतले एक कार्यक्रमका बीच विदाई गरेका थिए ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेलकुद मैदानमा आयोजित कार्यक्रममा टोलीका सदस्यहरुलाई जर्सी, ट्रयाकसुटहरु पनि वितररण गरिएको थियो ।
कार्तिक ४ देखि महिला लिग छनौट
यहि कार्तिक ४ गते बिहीबारदेखि शुरु हुन गईरहेको छनौट प्रतियोगिताको उद्घाटन खेलमै बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकासँग खेल्दैछ । समूह ए मा परेको बागमतीले गोदावरी नगरपालिका र कनकाई नगरपालिकासँग पनि प्रतिस्पर्धा गर्नेछ ।
टोलीमा राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेका अन्तर्राष्ट्रिय खेलहरु रेनुका नगरकोटी, रश्मी घिसिङ, गीता राना, सपना राई जस्ता अनुभवी खेलाडीहरु पनि सामेल छन् ।
प्रतियोगितामा सहभागि कुल ३१ टोलीहरुलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने कार्तिक २८ गतेका दिन हुनेछ ।
प्रतियोगिताका सबै खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न