
काठमाडौं । शनिबार सम्पन्न सुर्यविनायक कप सेभेन ए साईड वार्डस्तरीय फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर २ ले जितेको छ ।
फाइनल भिडन्तमा वार्ड नम्बर ४ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै वार्ड नम्बर २ ले उपाधि आफ्नो कब्जामा पारेको हो । मन्थली खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा वार्ड नम्बर २ का लागि निरोज थापाले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर १ लाई पेनाल्टी शुटआउटमा ८–७ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
मन्थली युथ क्लब र सुर्यविनायक नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेता वार्ड नम्बर २ ले एउटा खसीसहित नगद ५० हजार हात पार्यो । त्यस्तै उपविजेता वार्ड नम्बर ४ ले २५ हजार र एउटा टर्की हात पार्यो भने तेस्रो स्थान हासिल गरेको वार्ड नम्बर ५ ले १० हजार र एउटा भाले प्राप्त गर्यो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै