
पोखरा । सबिन मेमोरियल एफसी, पोखरा जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ । पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न खेलमा सबिन मेमोरियलले शंखमुल फुटसलाई ३–१ ले हराएपछि घरेलु टोलीको प्ले अफ यात्रा पक्का भएको हो ।
हारे पनि शंखमुल यसअघि नै प्ले अफमा प्रवेश गरिसकेको छ । यद्यपि मंगलबार सबिन मेमोरियललाई फुटसल फाईभ, धरानको हारले साथ दियो । प्ले अफ कै होडमा रहेको फुटसल फाईभले अर्को खेलमा प्रभातफेरीसँग ६–२ को हार बेहोरेपछि सबिन मेमोरियलको प्ले अफको यात्रा थप सहज बनेको थियो ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा ढुकु फुटसल हवले रेलिगेशनमा परिसकेको टोली झरना स्पोर्टस क्लबलाई ५–३ ले हरायो । मंगलबारको खेलहरुसँगै लिगचरणको खेलहरु पनि सकिएका छन् ।
९ खेलबाट २२ अंक जोडेको स्पोर्टस क्यासल शिर्ष स्थानमा रहँदा १९ अंकका साथ द राइजिङ क्लब दोस्रो स्थानमा रह्यो । १८ र १६ अंक जोडेको शंखमुल र सबिन मेमोरियल क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।
प्ले अफमा पुग्न नसकेको फुटसल फाईभ १४ अंकका साथ पाँचौं स्थानमा रहँदा १३–१३ अंक जोडेको मच्छिन्द्र स्काई गोल्स र ढुकु फुटसल हव क्रमशः छैठौं र सातौं स्थानमा रहे । १० अंकका साथ प्रभातफेरी आठौं स्थानमा रह्यो भने ४ अंक जोडेको लुम्बिनी फुटसल र अंकविहीन झरना स्पोर्टस रेलिगेशनमा परे ।
प्रतियोगिताको पहिलो प्ले अफ म्याच अन्तरगत बुधबार स्पोर्टस क्यासलले द राइजिङ क्लबसँग खेल्नेछ । पहिलो प्ले अफमा हार्ने टोली र सबिन मेमोरियल तथा शंखमुल फुटसलबीचको विजेताले फाइनल प्रवेशका लागि दोस्रो प्ले अफ खेल्नेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड