काठमाडौं (एजेन्सी) । सर्वसाधारणमाथि गोली चलाई हत्या समेत गरेको आरोपमा चर्चित टर्किस फुटबलर सेजर ओजटर्कलाई पुलिसले खोजी गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ३५ बर्षिय सेजर सो गोलीकाण्डपछि फरार रहेको बताइएको छ ।
स्रोतका अनुसार टर्कीस शहर सिलेमा सडकमा रहेका सर्वसाधारणसँग विवाद भएपछि सेजरले गोली चलाएको बताइएको छ । रिपोर्टअनुसार त्यो घट्नामा एकको मृत्यु र चार घाइते भएको बताइएको छ । साथै त्यो घट्ना लगतै सेजर त्यहाँबाट भागेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घट्नाको एउटा भिडियो टेप पनि सार्वजनिक भएको र सो भिडियोमा गोली चलाउने सेजर नै रहेको केही सञ्चारमाध्यमहरुले बताएका छन् । तर, त्यसबारे आधिकारिक रुपमा पुष्टी भने भईसकेको छेन । साथै घट्ना लगतै स्थानीय पुलिसले सेजरको खोजी कार्य जारी राखेको समेत बताइएको छ ।
चर्चित जर्मन क्लब बायर लेभरकुसेनबाट व्यवसायीक फुटबल करियर शुरु गरेका सेजरले टर्की कै दुई चर्चित क्लब फेनरबाचे र बेसिकटासबाट समेत व्यवसायीक फुटबल खेलेका थिए ।
Sezer Ozturk reportedly opened fire on a group of people in an apparent case of road rage.
— Manuel Menacho (@MenachoManuel1) September 28, 2021
One man died, with four more injured. The 35-year-old is now on the run, with police still trying to track him down. pic.twitter.com/DWvEsMZ9gj
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न