
काठमाडौं । दक्षिण एसियाली फुटबलको महाभिडन्त साफ च्याम्पियनसिपको १३औं संस्करणमा सहभागिता जनाउन नेपाली राष्ट्रिय पुरुष फुटबल टोली सोमबार माल्दिभ्स पुगेको छ ।
दुई साता भन्दा बढी समय कतारको दोहामा बन्द प्रशिक्षण गरेको नेपाली टोली कतारबाटै माल्दिभ्सतर्फ प्रस्थान गरेको थियो । माले सिटी उड्नु अघि नेपालले बलियो ओमानसँग अन्तिम मैत्रीपुर्ण फुटबल म्याच समेत खेलेको थियो । खेलमा नेपाल ७–२ ले पराजित हुन पुगेको थियो ।
स्मरण रहोस, यहि अक्टुबर १ तारीखदेखि माल्दिभ्समा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
त्यस्तै नेपालले अक्टुबर ४ तारीखका दिन श्रीलंकासँग खेल्नेछ भने १० अक्टुबरका दिन भारतसँग खेल्नेछ । लिग चरणको आफ्नो अन्तिम खेलका रुपमा नेपालले १३ अक्टुबरका दिन बंगलादेशसँग खेल्नेछ ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुनेछ । लिग चरणको खेलपश्चात शिर्ष दुई टोली उपाधिका लागि अक्टुबर १६ तारीखका दिन फाइनल खेल्ने छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरि दक्षिण एसियाका कुल ५ टोलीहरुले सहभागिता जनाउँदै छन् । भुटानले विविध कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो भने पाकिस्तान हाल फिफाको कारवाहीमा परेको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै