
काठमाडौं । प्रतिष्ठित साफ च्याम्पियनसिपका लागि भारतले आफ्नो २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले केही खेलाडीलाई परिवर्तन गरि आइतबार २३ सदस्यीय भारतीय टोलीको घोषणा गरेका हुन् ।
नेपाल विरुद्धको मैत्रीपूर्ण खेलमा काठमाडौं आएका युवा गोलरक्षक धिरज सिंह मोइरङथेम टोलीमा परेका छैनन् । उनको स्थानमा विशाल कैठले अवसर पाएका छन् । त्यस्तै नेपाल विरुद्ध टोलीमा नरहेका अनुभवी मिडफिल्डर उदन्ट सिंह पनि साफका लागि भारतीय टोलीमा परेका छन् ।
किर्तिमानी सातपल्टको साफ च्याम्पियन भारत यसपटक पनि उपाधिको दावेदार मानिएको छ । गत संस्करणको फाइनलमा माल्दिभ्ससँग पराजित हुन पुगेको भारतको लक्ष्य यसपटक फेरि दक्षिण एसियाली च्याम्पियन बन्ने हुनेछ ।
भारतले ४ अक्टुबरका दिन बंगलादेशससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ७ अक्टुबरका दिन श्रीलंकासँग खेल्नेछ भने १० अक्टुबरका दिन नेपालसँग भिड्नेछ । त्यस्तै लिग चरणको अन्तिम खेलमा भारतले साविक विजेता तथा आयोजक माल्दिभ्ससँग १३ अक्टुबरका दिन भिड्नेछ ।
अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) का अनुसार भारतीय टोलीका सबै सदस्यहरु सोमबार बैंगलुरुमा भेला हुनेछन् । त्यस्तै भोलीपल्ट (मंगलबार) माल्दिभ्सतर्फ प्रस्थान गर्ने समेत बताइएको छ ।
यस्तो छ साफ खेल्ने भारतीय टोलीः
गोलकिपर्सः गुरप्रित सिंह, अमरिन्दर सिंह, विशाल कैठ
डिफेन्डर्सः प्रितम कोटल, सेरिटन फर्नान्डेस, चिङलेनसाना सिंह, राहुल भेके, सुभाषिस बोस, मन्दर राव देसाई
मिडफिल्डर्सः उदन्ट सिंह, ब्रेन्डन फर्नान्डेस, ललेंगमविआ, अनिरुध थापा, साहाल अब्दुल समाद, जिकसन सिंह, ग्लेन मार्टिन्स, सुरेश सिंह, लिस्टन कोलाको, यासिर मोहम्मद
फरवार्डसः सुनिल क्षेत्री, मनविर सिंह, रहिम अली, फारुख चौधरी
🚨 ANNOUNCEMENT 🚨@stimac_igor names list of 23 for the SAFF Championship 📜
— Indian Football Team (@IndianFootball) September 26, 2021
View the full list here 👉 https://t.co/09xZHb0cYM#SAFFChampionship2021 🏆 #BackTheBlue 💙 #BlueTigers 🐯 #IndianFootball ⚽ pic.twitter.com/pJTbjGECb9