
कास्की घान्द्रुक स्थायी घर भई हाल वेलायत बसोवास गर्दै आएका श्रीभक्त गुरुङको स्मृतिमा पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा एकेडेमीको
अक्षयकोषमा सहयोग रकम प्राप्त भएको छ ।
श्रीभक्त गुरुङको अघौंको तेश्रो अर्थात अन्तिम दिन तमू प्ल्यू संघ पोखरामा श्रीभक्त की आमा मन बुजा गुरुङले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २ लाख ५७ हजार ५ सय रुपैया सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेकी हुन्।
छोराको स्मृतिमा सहारा एकेडेमीमा सहयोग गर्नु निकै राम्रो काम भएको हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मिनकाजी गुरुङले बताए । केही दिन अघि श्रीभक्तका ठुला बा मेजर ज्ञानबहादुर गुरुङ, क्या.जग बहादुर गुरुङ र क्या. रुप बहादुर गुरुङ सहारा एकेडेमी दोभिल्लामा पुगेका थिए ।
सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित १३ जिल्लाका २५ जना सहारा फुटबल एकेडेमीमा आबद्ध भएको महासचिव
रामजी प्रसाद अधिकारीले बताए ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड