
पोखरा । शनिबारदेखि पर्यटकीय शहर पोखरामा शुरु बहुप्रतिक्षित ए डिभिजन फुटसल लिगमा द राईजिङ क्लब, धरानले विजयी शुरुवात गरेको छ ।
पोखरा रंगशालामा अवस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको उद्घाटन खेलमा द राईजिङले मच्छिन्द्र स्काई गोल्स, काठमाडौंलाई प्रतिस्पर्धात्मक खेलमा ५–४ ले हरायो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा फुटसल कमिटीका अध्यक्ष रत्न कुमार श्रेष्ठ, एन्फा फुटसल प्रमुख बिनोद गुरुङ लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
असोज २२ गतेसम्म चल्ने प्रतियोगितामा देशभरिबाट छनौट भएर आएका उत्कृष्ट दश टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड