News
फुटसल लिग खेलाउने रेफ्रीहरुलाई ब्याज हस्तान्तरण

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु हुन गईरहेको ए डिभिजन फुटसल लिग खेलाउने रेफ्रीहरुलाई रेफ्री ब्याज हस्तान्तरण गरिएको छ ।
पोखरा स्थित फुटसल लिग आयोजना हुने खेलस्थल मै पुगेर एक कार्यक्रमका बीच एन्फा फुटसल कमिटीका अध्यक्ष रत्न कुमार श्रेष्ठले रेफ्रीहरुलाई बेज हस्तान्तरण गरेका हुन् । सो अवसरमा एन्फा फुटसल प्रमुख बिनोद गुरुङ, लिग कमिटी सदस्य दयाराम सापकोटा लगायतको पनि उपस्थिति रहेको थियो ।
यहि असोज २ गतेदेखि २२ गतेसम्म चल्ने प्रतियोगितामा नेपालभरिबाट छनौट भएका उत्कृष्ट दश टोलीहरुले फुटसल लिगमा सहभागिता जनाउँदै छन् ।
लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड