
काठमाडौं । पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले बुधबार बिदाई गरेको छ ।
बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाईन क्याफेमा नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश सरण महतले खेलाडीहरुलाई खादा लगाएर बिदाई गरे ।
खेलाडीहरुलाई शुभकामना दिंदै प्रमुख अतिथी महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर फर्कन सुझाव दिए । उनले मानसिक र शारीरिक तन्दुरस्तीका साथै युवाहरुलाई समेटेर लोकतान्त्रीक माध्ययमले खेलकुदको विकास गर्ने उद्धेश्यले नेपाल लोकतान्त्रीक खेलकुद संघको स्थापना भएको बताए ।
नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशीले टोखाको नेतृत्व गर्दै प्रतियोगितामा सहभागीता जनाउन लागेका क्लब तथा खेलाडीहरुलाई शुभकामना दिंदै गजराज जोशीको जन्मस्थल र विभिन्न खेलमार्फत खेलाडी र खेलको विकास गर्दै आई रहेको बताउँदै खेलाडीहरुलाई विजयी भएर आउन बधाई दिए ।
नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका प्रमुख दीपक गुुरुङ्गले खेलाडीहरुलाई शुभकामना प्रदान गर्दै खेलाडीहरुलाई विजयी भएर आउन भन्दै विजयी भएर आएको खण्डमा खेलाडीहरुलाई उचित नगद पुरस्कारले सम्मान गर्ने बताए ।
उनले नेपाल लोकतान्त्रीक खेलकुद संघ खेल र खेलाडीहरुको हक र हितका लागि स्थापित संस्था भएकोले बागमती प्रदेशले विभिन्न खेल आयोजना, खेलाडीहरुलाई सम्मानका साथै प्रकोपमा परेकाहरुका लागि पनि सहयोग पुर्याउँदै आएको स्मरण गराए । कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य लगायत बागमती प्रदेशका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
आश्विन २ देखि २२ गते सम्म आयोजना हुने लिगका लागि बागमती प्रदेशबाट प्रभाफेरी युथ क्लब, टोखाका साथै ढुकु फुटसल चण्डोल, शंखमुल फुटसल र स्काई गोल्स, चक्रपथ छनोट भएका छन् । टोली बिहिबार पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतियिोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलमा बिशाल सारुमगर (कप्तान), सुदीप पन्त, राज पौडेल, आलिग तामाङ्ग, सन्तलाल गुरुङ्ग, धिरज जोशी, श्रीजेश पुरी, सिजन गुरुङ्ग, विवेक सारु मगर, सुविल श्रेष्ठ, सुनिल श्रेष्ठ, धीरज श्रेष्ठ, दिपेश श्रेष्ठ, आशिष गुरुङ्ग रहेका छन् । यस्तै टिम ब्यवस्थापकमा कृष्ण राम श्रेष्ठ र टिम प्रशिक्षकमा सरोज थापा रहेका छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै