काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको राजधानी तश्केन्ट पुगेको छ । स्मरण रहोस, एएफसी वुमन्स एसियन कप छनौट खेल्न नेपाली टोली सोमबार नेपालबाट त्यतातर्फ प्रस्थान गरेको थियो ।
उज्वेकिस्तान प्रस्थान गर्नुअघि नेपालले बंगलादेशससँग घरमै दुई मैत्रीपुर्ण म्याच समेत खेलेको थियो । जसमध्ये एक खेलमा २–१ को जित हात पारेको थियो भने अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोली तश्केन्ट पुगे लगतै टोलीका सबै सदस्यहरुको पिसीआर परिक्षण गरिएको थियो । साथै पिसीआर रिपोर्ट नआउँदासम्म नेपाली महिला फुटबल टोली होटल क्वारेन्टिनमा मै रहने बताइएको छ ।
अष्ट्रेलियन प्रशिक्षक ग्यारेी फिलिप्सको मुख्य प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपाली महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप छनौट प्रतियोगिताको समूह एफतर्फ हङकङ र फिलिपिन्ससँग खेल्नेछ ।
नेपालले १८ सेप्टेम्बरका दिन फिलिपिन्ससँग खेल्द्र प्रतियोगिताको शुरुवात गर्नेछ भने दोस्रो खेल २१ सेप्टेम्बरका दिन हङकङसँग खेल्नेछ । समूहको शिर्ष टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न