काठमाडौं । तुलनात्मक रुपमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको नेपाली महिला फुटबल टोलीले बंगलादेश विरुद्धको दोस्रो मैत्रीपुर्ण फुटबल म्याचमा बराबरी खेलेको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा आपसी तालमेल राम्ररी मिलाउन नसकेको नेपाली टोलीले बललाई अधिकांश समय नियन्त्रणमा राखेर पनि बंगलादेशसँग गोलरहित बराबरी खेल्न बाध्य भएको हो ।
स्मरण रहोस, दशरथ रंगशाला मै बिहीबार भएको पहिलो मैत्रीपुर्ण फुटबल म्याचमा नेपालले २–१ को जित निकालेको थियो । तर घरेलु टोलीले त्यो प्रदर्शनलाई आइतबार दोहोर्याउन सकेन ।
नेपाली टोलीको अग्रपंक्तिमा पनि राम्रो तालमेल नमिलेको देखिन्थ्यो । नियमित फरवार्ड साबित्रा भण्डारी चोटका कारण मैदान बाहिर रहँदा नेपाली टोलीमा राम्रो स्ट्राइकरको कमी पनि देखियो ।
एएफसी वुमन्स एसियन कप छनौटको तयारीमा रहेको नेपालले यहि सेप्टेम्बर अन्तिमतिर उज्वेकिस्तानमा समूह एफतर्फ बलियो फिलिपिन्स र हङकङको सामना गर्दैछ । प्रतियोगिताको शिर्ष टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न