काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको संख्या घटाएर २८ पुर्याइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
स्मरण रहोस, बन्द प्रशिक्षणका लागि ४५ खेलाडीहरुलाई सामेल गरिएको थियो । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको फुटबल टोलीबाट ११ खेलाडीहरुलाई फुकुवा गरिएको एन्फाले जनाएको छ ।
त्यसमा बाँकी ६ खेलाडीहरु मध्ये पाँच खेलाडीहरु नेपाल पुलिस क्लबका रहेको र उनीहरु परीक्षाका कारण बन्द प्रशिक्षणमा सहभागी नभएको बताइएको छ । त्यस्तै एक खेलाडीलाई भने कोरोना संक्रमण भएको एन्फाले जनाएको छ ।
स्मरण रहोस, नेपालले आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपको छनौट प्रतियोगिता खेल्ने तयारीमा छ । छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले बलियो हङकङ र फिलिपिन्सको सामना गर्नेछ ।
छनौट प्रतियोगिताको मिति नतोकिए तापनि प्रतियोगिता आयोजना उज्वेकिस्तानमा हुनेछ । यसअघि यो छनौट प्रतियोगिता नेपाल मै हुने तय भइसकेको थियो ।
बन्द प्रशिक्षणमा रहेका टोलीहरुः
अन्जना राना मगर, अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाईबा, बिमला बिक, बिमला चौधरी, दिपा राई, गीता राना, हेमा चौधरी, हिरा कुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ (योञ्जन), निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, शर्मिला थापा, श्रृजना सिंह
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न