एजेन्सी । जारी टोक्यो ओलम्पिकको पुरुष फुटबलतर्फ मेक्सिकोले काँस्य पदक जित्न सफल भएको छ । शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोले आयोजक जापानलाई ३–१ ले हरायो ।
साइतामा स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोले पहिलो हाफ मै गरेको दुई गोल टर्निङ प्वान्ट बन्दा जापान निराश बन्न पुग्यो । जापानले १३औं मिनटमै पेनाल्टी गोल खान पुगेको थियो । फ्रान्सिस्को कोर्डोवाले मेक्सिकोका लागि पेनाल्टीबाट पहिलो गोल गरे ।
२२औं मिनटमा योहान भाज्केजले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म मेक्सिकोले २–० कै अग्रता कायम पनि राख्यो । दोस्रो हाफतर्फ भने अर्नेष्टो भेगाले मेक्सिकोका लागि तेस्रो गोल गरे । खेलमा थप दबाब झेलेको जापानले भने खेलको अन्तिमतिर सुधारिको प्रदर्शन गर्दै आक्रमक खेल प्रस्तुत गर्यो ।
७८औं मिनटमा काओरु मितोमाले जापानका लागि एक गोल समेत फर्काए । ताकेफुसा कुवोले बक्स नजिक मिलाइदिएको सटिक पासमा उनले विपक्षीको पोष्टको बाँया कुना च्याप्दै सुन्दर गोल गरेका थिए । त्यसपछि पनि जापानले पटक–पटक राम्रो गोलको प्रयासलाई सही रुपमा सदुपयोग गर्न सकेन ।
यो हारसँगै जापानले ऐतिहासिक पदक जित्ने अवसर फेरि गुमाएको छ । स्मरण रहोस, जापानले अहिलेसम्म ओलम्पिकको पुरुष फुटबलमा कुनै पदक जित्न सकेको छैन ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै