धरान एफ सिको आयोजनामा संचालन हुन गई रहेको Diyalo 7 A side football running cup २०२१ को तयारि पुरा भएको छ।
जापानको नागोया स्थित Higashikosasa, Koshidocho, Aichi मा यहि जुलाई ११ मा संचालन हुने फूटवल खेलमा जापन भरिका १६ टिमहरूको सहभागिता रहने भएको छ ।
करिव १ लाखको हाराहारिमा नेपालीहरू रहेको जापानमा संचालित यो खेलले नेपाली खेलाडिहरू विचको भाईचारालाई थप प्रगाढ वनाऊने कुरा खेल संयोजक तथा क्लवका ऊपाध्यक्ष सविन राईले जानकारि दिनु भयो ।
विभिन्न संचार माध्यमहरू, स्थानिय संघ संस्था, नेपाली राष्ट्रिय फूटवल खेलाडिहरू, एन्फा लगायतको विशेष सपोर्टेले पनि खेल थप चासोको विषय वनेको र त्यसै लेभल अनरूपको खेल आयोजना गर्न विदेशि भुमिमा आफुहरूले सके जति कसरत गर्ने कुरा, आयोजक एफ सि धरानका अध्यक्ष योमन देवानले जानकारि दिनु भयो । अत्यन्तै व्यस्त रहने विदेशिएका नेपालीहरू विचमा देखिएको खेलकुद प्रतिको यस्तो प्रेमलाई जीवित राख्न वेलामौकामा प्रतियोगिताहरू संचालन गरिरहनु पर्ने कुरा अध्यक्ष देवानले वताऊनु हुन्छ ।
खेलको तालिका सार्वजानिक गर्दै, एक दिवसीय खेल भएकोले सवै टिमहरूलाई विहान १०:०० वजे खेल मैदान परिसरमा प्रवेश गर्न, आयोजकले अनुरोध गरेको छ ।
ऊद्घाटन खेल अन्तर्गत आयोजक एफ सि धरान व्याक को विरूद्दमा एभरेष्ट एफ सि ले प्रतिस्पर्धा गर्नेछ, खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमले गर्नेछ । विजेता टिमले २५२५२५ येन नगद, ट्रफि तथा प्रमाण पत्र र ऊपविजेताले १५१५१५ येन, ट्रिफि तथा प्रमाण पत्र हात पार्नेछन् ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने