नेपालीहरूको वाक्लो उपस्थिति रहेको जापानको नागोयामा सेभेन ए साइड नकअाउट फूटबल प्रतियोगिता २०२१ हुने भएको छ।
जापानका विभिन्न शहरवाट सहभागि हुने प्रतियोगितामा कोभिड प्रोटोकल अपनाएर विशेष सतर्कता साथ मे ३०, २०२१मा आयोजना हुने कुरा कार्यक्रमका संयोजक सविन राईले वताऊनु भयो ।
प्रतियोगिता एफ सि धरानले आयोजना गर्दैछ।
“फूटबलको माध्यमवाट जापनमा रहेका नेपाली खेलाडिहरू विचको भाईचारालाई थप प्रगाढ वनाऊन तथा हाल जापानमा रहेका यूवा पिडिमा देखिएको डिप्रेशन, तनाबलाई केहि हदसम्म भएपनि खेलकुदको माध्यमवाट कम गर्न सकिन्छ भन्ने हेतुका साथ आयोजना गरिएको आयोजकका अध्यक्ष योमन देवान ले जानकारि दिनु भयो ।
खेलको मुख्य प्रायोजन कल्वका सल्लाहकार दिपक कार्कि तथा दियालो रेष्टुरेन्ट तथा मनोज वम मल्ल अभियान इन्टरनेशनल नागोया रहेको छ ।
खेलको विजेताले ऊपाधि सहित २,५२,५२५ येन र ऊपविजेताले १,५१,५१५ येन प्राप्त गर्नेछन् ।
खेल गोल नेपाल डट कमवाट प्रत्यक्ष प्रशारण गरिनेछ भने, नेपाल जापान डट कम, ट्रोल जापान, शैलुड् अनलाईन र मात्रु शन्देश लगायतको मेडिया पार्टनर रहेको छ ।
साथै सोहि दिन सिनियरलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका नागोया भेट्रान र एन आर एन ए भेट्रान विच मैत्रीपूर्ण खेल समेत गरिने आयोजकले जनाएको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने