
काठमाडौं । खेलको शुरुवात मै बनाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउन सफल भएपछि काठमाडौं रेजर्स मंगलबार खुकुरी नेपाल सुपर लिगको शिर्ष तीनमा उक्लिन सफल भएको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा रेजर्सले बुटवल लुम्बिनी एफसीमाथि १–० को साँघुरो जित निकाल्यो । खेल शुरु भएको पाँचौं मिनटमै स्टेफन बिनोङ्गले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
खेलमा रेजर्सका मार्की खेलाडी तथा गोलरक्षक बिकेश कुथु सुपर प्लेयर अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद २५ हजारका साथ ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै रेजर्स कै सुदिल राईले इमर्जिङ प्लेयर बन्दै १० हजार हात पारे ।
यो जितसँगै ४ खेलबाट ७ अंक जोडेको काठमाडौं रेजर्सले लिगतालिकाको शिर्ष दुई टोली बिराटनगर सिटी एफसी र धनगढी एफसीसँग अंक बराबरी गर्न सफल भएको छ । उता पराजित बुटवल लुम्बिनी भने ५ अंकका साथ चौथो स्थानमा झरेको छ ।
सुपर लिग अन्तरगत बैशाख २२ गते बुधबारको एक मात्र खेल धनगढी एफसी र पोखरा थन्डर्सबीच हुने आयोजकले प्रकाशित गरेको खेलतालिकामा उल्लेख छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै