काठमाडौं । नेपाल सुपर लिगतर्फको आफ्नो पहिलो खेलमा पोखरा थन्डर्सलाई हराएको बुटवल लुम्बिनी एफसीले उत्कृष्ट पूनःरागमन गर्दै एफसी चितवनलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको छ ।
बुधबार शुरुवाती दुई गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको चितवनले बुटवलसँग अंक बाँड्न बाध्य भयो । खेलको १५औं मिनटमै जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो । त्यसको चार मिनट लगतै टेक बहादुर बुढाथोकीले त्यो अग्रता दोब्बर पारे ।
तर खेलमा विस्तारै फर्कने प्रयास गरेको बुटवलका लागि ३२औं मिनटमा आशिष लामाले पहिलो गोल फर्काए । पहिलो हाफसम्म चितवनले खेलमा २–१ को अग्रता कायम राख्न पनि सफल भएको थियो । तर दोस्रो हाफमा भने चितवनले दोस्रो गोल खान पुग्यो ।
खेलको ६५औं मिनटमा एयर बल क्लियर गर्ने क्रममा चितवनका गोलरक्षक बिशाल सुनार अघि बढेको मौका छोपी बक्स भित्र अफ मार्क रहेका लक्ष्मण रुचालले पाएको बललाई बाँया कुनाबाट गरेको आकर्षक प्रहारले गोलपोष्टको जाली चुमेको थियो ।
यो नतिजासँगै २ खेलबाट बुटवलले ४ अंक जोडेको छ । उता बराबरी खेलन बाध्य बनेको चितवनको समान दुई खेलबाट २ अंक मात्र भएको छ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने