काठमाडौं । विश्वभरि फेरि महामारीको उग्र रुप लिइरहेको कोभिड–१९ को संक्रमण र त्रास नेपालमा पनि बढ्दै गए तापनि बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसल) भने निर्धारित मिति मै हुने भएको छ ।
यद्यपि आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार सुपर लिगका सबै खेलहरु दर्शकविहीन खाली रंगशालामा हुने भएको छ । अर्थात दशरथ रंगशालामा शुक्रबारदेखि शुरु हुन गईरहेको लिगमा दर्शकको उपस्थिति रहने छैन ।
नेपाली फुटबलको इतिहास मै पहिलोपटक आयोजना हुन गईरहेको फ्रैनचाईज फुटबल नेपाल सुपर लिगमा खेलाडी, अफिसियल, रेफ्री लगायत सबैको स्वास्थ्य स्थितिलाई निकै महत्वका साथ प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । साथै स्वास्थ्य मापदण्ड अपनाएर नै लिग आयोजना गर्ने पनि आयोजकले स्पष्ट पारेको छ ।
स्मरण रहोस, लिगमा यसपटक देशका विभिन्न शहरहरुका सात फ्रेन्चाईज फुटबल टोलीहरुले सहभागिता जनाउँदै छन् । लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग समेत रहने लिगको अन्तिम खेल भने जेठ १ गतेका दिन हुने आयोजकले प्रकाशित खेलतालिकामा उल्लेख छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न