काठमाडौं । भारतीय फुटबलमा कान्छा प्रशिक्षकका रुपमा चर्चा बटुलेका यान ल खुकुरी नेपाल सुपर लिगमा बिराटनगर सिटी एफसीको जिम्मेवारी नेपाल आइ पुगेका छन् ।
स्मरण रहोस, २८ बर्षिय यानले हालै आइ लिग क्लब एजेवालको जिम्मेवारी सम्हालेका थिए । जहाँ नेपालका चर्चित फरवार्ड अभिषेक रिजालले पनि खेलेका थिए । त्यसअघि यानले मोहम्मदन एससीको जिम्मेवारी पनि सम्हालेका थिए र क्लबलाई आई लिगमा बढुवा समेत गराउन सफल भएका थिए ।
नेपाल आइपुगेका यानलाई बिराटनगर सिटी एफसीका पदाधिकारीहरुले स्वागत गरे । स्मरणीय छ, बिराटनगरको मार्की खेलाडीमा नेपालका चर्चित डिफेन्डर रजित धिमाल छन् । साथै क्लबमा चर्चित मिडफिल्डर सुनिल बल पनि छन् भने क्लबले हालै स्पेनिस खेलाडी पेड्रोजलाई पनि अनुवन्ध गरेको थियो ।
यहि बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको सुपर लिगमा बिराटनगरले आफ्नो पहिलो खेल १२ बैशाखका दिन धनगढी एफसीसँग खेल्दैछ । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा एन्फाको प्राविधिक सहयोग रहने लिगको सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । समापन खेल भने जेठ १ गतेका दिन हुनेछ ।
(तस्विरः बिराटनगर सिटी एफसी)
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न