
काठमाडौं (खेलदैनिक) । प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा तीन टोली बिहीबार उपाधिनजिक पुगेका छन् ।
बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने टोली उपाधि होडमा प्रवेश गरेका हुन् । अब ब्राइट फ्युचर, विश्वनिकेतन र माउन्ट ग्लोरीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने छ । त्यसमा सबै भन्दा बढी अंक ल्याउने टिमले उपाधि हात पार्ने छ ।
ब्राइट फ्युचरले कुलेश्वर आवास स्कुल ‘ए’ लाई टाइब्रेकरमा ४–२ ले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । विश्वनिकेतनले हिमशिखरलाई ६–० गोलले हरायो । अनिल नगरकोटीले ह्याट्रिक गरे भने विकेश शाही र सञ्जोग वाइबाले १–१ गोल थपे । एक गोल आत्माघाती रह्यो । माउन्ट ग्लोरीले ब्राइट एन्जल्स ‘ए’ माथि ३–० को जित दर्ता ग¥यो । सम्भव तीनै गोल एलेक्स पौडेलको नाममा रह्यो ।
प्रतियोगिता शुक्रबार सम्पन्न हुने छ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै