News
आर्मी र किर्गिस्तानले मैत्रीपुर्ण फुटबल म्याच खेल्ने
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको ओलम्पिक टोलीले आइतबार मैत्रीपुर्ण फुटबल म्याच खेल्ने भएको छ । यो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
किर्गिज टोलीसँग मैत्रीपुर्ण फुटबल म्याचबारे गरिएको आग्रह पाहुना टोलीले स्वीकार गरेको एन्फाले जनाएको छ । आर्मी र किर्गिस्तानबीचको सो खेल दशरथ रंगशाला मै दिनको ३ः३० बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । साथै एन्फाका अनुसार आर्मी र किर्गिस्तानबीच हुने सो खेलको प्रवेश पनि निःशुल्क गरिएको छ ।
स्मरण रहोस, आर्मी हाल एएफसी एसियन कपको प्रारम्भिक चरणको खेल खेल्ने तयारीमा छ । आर्मीले आउँदो अप्रिल ७ तारीखका दिन श्रीलंका पुलिससँग खेल्ने तय भइसकेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न